वसन्त बचत तथा ऋण सहकारी सस्था तोलिको १३ बार्षिक साधारणसभा सम्पन्न,

62 पटक हेरिएको

वसन्त बचत तथा ऋण सहकारी सस्था लि.पञ्चदेवल बिनायक नगरपालिका ६ तोलिको १३ औ बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभामा आर्थिक बर्ष २०७९/८० को ३ करोड १० लाख ८ हजार २ सय २३ बराबरको आय-ब्यय संस्थाका ब्यवस्थापक रोशन रावलले प्रस्तुत गर्नुभएको छ ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा बोल्दै नगरप्रमुख अम्बिका चलाउनेले सहकारीको अधुरो रहेको भवन पूरा गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । सहकारीले असल ऋणि ५ जना र नियमित बचतकर्ता ३ जनालाई सम्मान गरेको छ ।
कार्यक्रममा बोल्दै वडा नं ६ का वडा अध्यक्ष कमल रावलले १४ औ राष्ट्रपति रनिङ्ग शिल्डका उत्कृष्ट खेलाडी शान्ति तिरुवा र दिलसरा भण्डारीलाई आफ्नो कार्यकालभर बार्षिक ३/३ हजारका दरले सहकारीमा रकम बचत गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । संस्थाका सचिव मिन बहादुर रावलले संचालन गरेको कार्यक्रम सहकारीका अध्यक्ष गोबिन्द रावलको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...