विद्यापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे अध्यक्षमा- सापकोटा,

251 पटक हेरिएको

विद्यापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति सुर्खेतकाे अध्यक्षमा माेति प्रसाद सापकोटा निर्वाचित हुनुभएको छ । समिति पञ्चपुरी ९ काे विद्यापुरमा भएको चुनाबि साधारण सभामा अध्यक्ष पदको लागि २ जना बिच प्रतिस्पर्धा भएको हाे ।

२ सय ५३ शेयर सदस्य रहेकाे आयाेजनाकाे आज भएको निर्वाचनमा १ सय ६९ मत खसेकाे थियोे । जसमध्ये १२० मत ल्याएर माेति प्रसाद सापकाेटा बिजयी हुनुभएको छ । उहाकाे निकटतम प्रतिद्वन्द्वी डम्बर बहादुर बिकले ४० मत प्राप्त गर्नुभएको छ भने ९ मत बदर भएको छ । अध्यक्ष पदका लागि सहमति जुट्न नसक्दा निर्वाचन गरिकाे हाे भने अन्य पद सर्वसहमत रुपमा चयन गरिएको छ ।

समितिकाे उपाध्यक्षमा ज्याेतिराम जाेशी, सचिब डिल्लीराम घिमिरे, काेषाध्यक्ष तुलसी भण्डारी रहनुभएकाे छ । त्यसैगरी सदस्यहरुमा डिल्लीराम घिमिरे, यामबहादुर बिक, बिष्णा बिक, महेन्द्र कुमार बाेहाेरा र तुलसी बिक रहनुभएकाे छ । निर्वाचित अध्यक्ष सापकोटाले सबै घरघरमा पानीको धारा पुर्‍याउने आफ्नाे पहिलाे प्राथमिकता रहने बताउनुभएको छ । साथै उहाले निर्वाचित गराउने सबैलाई धन्यवाद समेत दिनुभएको छ । आयाेजनाकाे बिद्यापुर बजार, रिङ्ने, आवाशक्षेत्र र बेदखाेला सेवा क्षेत्र रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...