त्रिबेणी समबिकास वचत तथा ऋण सहकारीको अध्यक्षमा रावत चयन,

त्रिबेणी समबिकास वचत तथा ऋण सहकारी संस्था लि. पञ्चपुरी ५ बाबियाचौरको १५ औं बार्षिक साधारणसभा आज बाबियाचौरमा सम्पन्न भएको छ ।
संस्थाको साधारणबाट चन्द्र बहादुर रावतको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्षमा नन्दशोभा भण्डारी, सचिव भिमराज सापकोटा, कोषाध्यक्ष बिनोद कार्की रहनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा लोकेन्द्र रावल, पाउसरा रावल, उषा भण्डारी थापा, मधु शाही, किसिम सिजापती, तप्त रिमाल र खगिसरा बलामी रहनुभएको छ ।
भेलाले ३ सदस्यीय लेखा समिति गठन गरेको छ । जसको संयोजक खगेन्द्र कडेल सदस्य मान बहादुर बुढा र प्रेम बिष्ट रहनुभएको छ । त्यसैगरी कृपाराम थापाको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । जसमा सदस्य भुपेन्द्र सिजापती र धनसरा कडेल रहनुभएको छ ।
भेलाले बिनोद कार्की संयोजक लोकेन्द्र रावल र मधु शाही सदस्य रहने गरी ऋण उपसमिति समेत गठन गरेको छ । साधारणसभा सहकारीका अध्यक्ष चन्द्रबहादुर रावतको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...