सुर्यप्रकाश माध्यामिक बिद्यालयमा “सुर्यप्रकाश आत्मनिर्भर कोष”स्थापना

98 पटक हेरिएको

२१ पौष, सुर्खेत ।
सुर्खेतको पञ्चपुरी २ मा रहेको सुर्यप्रकाश माध्यामिक बिद्यालयले “सुर्यप्रकाश आत्मनिर्भर कोष” स्थापना गरेको छ । बिद्यालयले गरिब जेहेन्दार, बिद्यार्थीलाई पुरस्कार, गुणस्तरीय शिक्षा, शैक्षिक सामग्रीको लगाएत आर्थिक रुपमा आत्मनिर्भर हुनको लागि सो कोष स्थापना गरेको हो ।
आज बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष नबिन कुमार थापाले आफ्नो जन्मदिनको अवसमा कोषमा रकम जम्मा गर्नुभएको हो । थापाले उक्त कोषमा २१ हजार १ सय २१ रुपैया जम्मा गर्नु भएको हो । कोष सञ्चालनको लागि सञ्चालक समिति गठन गरी खाता सञ्चालन गर्ने बिद्यालयका प्रबन्ध निर्देशक गोकुल पाण्डेले जानकारी दिनुभएको छ ।
निर्देशक पाण्डेले विद्यालयको उक्त कोषमा जुनसुकै व्यक्तिले पनि सहयोग गर्न सक्ने र त्यसको आर्थिक लेखाजोखा समितिले राख्ने बताउनुभएको छ । साथै उहाँले विद्यालयको शैक्षिक स्तर वृद्धि गर्नका लागि उक्त कोषले थप सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...