मानवअधिकार समुहका सदस्य तथा स्थानीय सराेकारवालाहरुका लागि २ दिने क्षमता अभिबृद्धि कार्यशाला अाज देखि पञ्चपुरीकाे बाबियाचाैरमा सुरु भएको छ ।
ईन्सेक कर्णाली प्रदेशको अायाेजनामा भएको कार्यशालामा वराहताल गाउपालिका र पञ्चपुरी नगरपालिका अन्तरगतका समुहका सदस्य तथा सराेकारवाला गरि ३० जनाकाे सहभागीता रहेकाे छ ।
कार्यक्रमकाे उद्घाटन सत्रमा बाेल्दै पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले लाेकतन्त्रकाे रक्षा गरेपछि मानव अधिकारकाे रक्षा हुने भएको हुदा सबैले लाेकतन्त्रकाे रक्षा गर्नु पर्नेमा जाेड दिनुभएको छ । भण्डारीले पञ्चपुरी नगरपालिकाले गर्ने हरेक बिकासका काममा मानव अधिकारकाे रक्षा गर्दै याेजना निर्माण गर्ने बताउनुभएको छ ।
त्यसैगरी कार्यक्रममा वराहताल गाउपालिका उपाध्यक्ष लक्ष्मी पुन मगरले मानव अधिकार मान्छेकाे जिवनभर अति अाबश्यक रहने भएको हुदा हामीले गर्ने हरेक काममा मानवअधिकारकाे पनि ख्याल गर्नुपर्ने बताउनुभएको छ ।
२ दिन सम्म संचालन हुने कार्याशालामा मानव अधिकारकाे अवधारणा, माैलिक अधिकार र न्यायीक समितिकाे काम कर्तव्य अधिकार, मानव अधिकार समुहको भुमिका, जातिय तथा लैंगिक विभेद लगाएतका बिषयमा छलफल गरि कार्ययाेजना निर्माण गर्ने कार्यक्रम रहेकाे छ ।
कार्यशालामा ईन्सेक कर्णाली संयाेजक नारायण सुवेदी, अधिबक्ता खेमराज तिवारी, जनज्योति माद्यामिक बिद्यालय बराहतालका प्रधानाध्यापक नारायण सिग्देल र ईन्सेकका फाेकल पर्सन दुर्गा थापा लगाएतले सहजिकरण गर्ने कार्यक्रम रहेकाे छ ।
