आरम्भ चौतारी लघुबित्त बित्तिय संस्था बाबियाचौर शाखाले मृतक सदस्यका परिवारलाई आज नगद सहयोग प्रदान गरेको छ ।
बाबियाचौरको सेवा केन्द्र अन्तरगत केन्द्र नं ५ मुरमुरीका गिता शाहीको २ महिना अघि असामहिक निधन भएको थियोे ।
बिमा सुबिधा सुरु गरेको संस्थाले आज मृतकका परिवारलाई मृत्यु दाबी रकम १ लाख १० हजार काज किरिया खर्च बापत २५ हजार गरि जम्मा १ लाख ३५ हजार रकम मृतकका श्रीमान राजेन्द्र शाहीलाइ हस्तान्तरण गरेको छ ।
आरम्भ चौतारी लघुबित्त बित्तिय संस्था शाखा बाबियाचौरका शाखा प्रमुख उत्तम गौतम, वडा सदस्य चक्र बहादुर सिंह, केन्द्र प्रमुख जयन्ती कार्की लगाएतको उपस्थितीमा घरमै पुगेर रकम हस्तान्तरण गरिएकोे हो ।
आरम्भ चौतारी लघुबित्त बित्तिय संस्थाले बिगत देखि नै पश्चिम सुर्खेतमा बचत ऋणको कारोवार सञ्चालन गर्दै आएको छ ।