सशस्त्रको परिक्षामा नक्कली परिक्षार्थी पक्राउ,

 सशस्त्र प्रहरी बलको जवान पदमा लिखित परिक्षा दिइरहेका नक्कली परिक्षार्थी सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सट्टामा परिक्षा दिने र दिन लगाउने दुवै पक्षलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिका १ का ईराज तामाङ सोही ठाउँका सन्तोष कोली र दैलेखको भगवतीमाई गाउँपालिका ६ का गणेश बहादुर रोकाय पक्राउ परेका हुन् ।

त्यस्तै सुर्खेतको बीरेन्द्रनगर नगरपालिका १० की कमला शर्मा र जाजरकोट जुनिचाँदे गाउँपालिका १ की कविता कार्की पक्राउ परेका छन् । यसैगरि अन्य दुई जनाको नाम खुल्न सकेको छैन भने उनिहरु फरार रहेका छन् ।कार्यालयले दिएको जानकारी अनुसार गणेश बहादुर रोकायको सट्टामा सन्तोष कार्की, कमल रोकायको सट्टामा ईराज तामाङ, कविता कार्कीको सट्टामा कमला शर्माले परिक्षा दिएको कार्यालयले जनाएको छ ।उनिहरुलाई थप अनुसन्धान गरि कारबाही प्रक्रिया अगाडि बढाएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...