बर्दिया निकुञ्जको राजमार्ग क्षेत्रमा राति दुईपाङ्ग्रे साधन चलाउन रोक

काठमाण्डाै – पाटेबाघको आक्रमणमा परि महिलाको ज्यान गएपछि पूर्व–पश्चिम राजमार्गको बर्दिया निकुञ्ज क्षेत्रमा रातिको समयमा साइकल र मोटरसाइकल चलाउन रोक लगाइएको छ ।

हिंस्रक जनावरको आक्रमणबाट हुने सम्भावित जोखिम कम गर्नको लागि अम्रेनी–कर्णाली चिसापानी सडकमा राति ८ बजेदेखि बिहान ६ बजेसम्म मोटरसाइकल, साइकल र पैदलयात्रुलाई हिँडडुलमा रोक लगाइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । राजमार्गमा पाटेबाघको चहलपहल बढेकाले सुरक्षित रहनको लागि पनि निकुञ्जले अनुरोध गरेको हाे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...