पञ्चपुरीकाे बाबियाचाैरमा सम्बन्ध पाेलिक्लिनिक सञ्चालनमा आयाे,

पञ्चपुरी नगरपालिका काे बाबियाचाैरमा सुबिधा सम्पन्न सम्वन्ध पाेलिक्लिनिक एण्ड डाईगाेनाेष्टिक सेन्टर सञ्चालनमा अाएकाे छ ।

इलाका प्रहरी कार्यालय बाबियाचाैरकाे पुर्बपट्टि रहेकाे क्लिनिकमा एक्सरे सेवा, सामान्य अप्रेसन, नेबुलाईलर, प्रत्येक दिन दक्ष अनुभवी डाक्टर बाट बिरामि जाँच गर्ने, प्रत्येक महिनाकाे पहिलाे र अन्तिम शनिबार बिशेषज्ञ डाक्टर द्वारा बिरामीको जाँच गरिने भएको छ ।

क्लिनिककाे उद्घाटन गर्दै पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाले बिरामीकाे मनाेविमर्स मार्फत उपचार गरेमा प्रभाबकारि हुने र भविष्यमा क्लिनिक पश्चिम सुर्खेतकाे सुबिधा सम्पन्न अस्पताल बन्नेमा बिस्वास गर्नुभयाे ।

क्लिनिक हरि कडेल र अर्जुन बाह्रघरेले सञ्चालनमा ल्याएका छन भने डाक्टर निर्मल थापाद्वारा नियमित चेकजाँच हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...