फरुवा प्रहारबाट चौकुनेमा महिलाको मृत्यु, श्रीमान् पक्राउ

सुर्खेत ।

सुर्खेतको चौकुने गाउँपालिका–५ रेक्चामा श्रीमान्ले फरुवा प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ।
मंगलबार बिहान करिब १०ः२० बजे घरमै रहेका ३२ वर्षीय गोपीराम जैसीले ३० वर्षीया श्रीमती चन्द्रा देवकोटा जैसीको टाउकोमा फरुवा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। गम्भीर घाइते भएकी चन्द्राको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।
घटनाको खबर पाएपछि प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बुद्धि साउँदको कमाण्डमा चार जनाको टोली घटनास्थल पुगेको थियो। घटनाको थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमाण्डमा सात जनाको टोलीसमेत घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ।
फरुवा प्रहार गर्ने गोपीरामलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराका अनुसार घटनाको कारण र अन्य पक्षबारे अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search