विद्यापुर जनता बहुमुखी क्याम्पसमा आठौं सेमेस्टरका विद्यार्थीको बिदाइ

5 पटक हेरिएको

१२ असार, सुर्खेत
मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत विद्यापुर जनता बहुमुखी क्याम्पस पञ्चपुरी ९ विद्यापुरमा अध्ययनरत आठौं सेमेस्टरका विद्यार्थीहरूको सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पसले आयोजना गरेको कार्यक्रममा आठौं सेमेस्टर पूरा गरी अध्ययन समापनको चरणमा रहेका विद्यार्थीहरूलाई मायाको चिनो तथा शुभकामनासहित बिदाइ गरिएको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख लक्ष्मी बहादुर बयकले विद्यार्थीहरूलाई सफल भविष्यको शुभकामना व्यक्त गर्दै शिक्षा केवल प्रमाणपत्रमा सीमित नभई समाज परिवर्तनको माध्यम भएको बताउनुभयो । उहाले प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्दै इमानदारी, अनुशासन र जिम्मेवारीका साथ राष्ट्र निर्माणमा योगदान दिन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।

त्यसैगरी स्ववियु सभापति चेतन नेपालीले बिदाइ हुने विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै क्याम्पसमा हासिल गरेको ज्ञान, अनुभव र सम्बन्धलाई जीवनभर आत्मसात् गर्न आग्रह गर्नुभयो । नेपालीले विद्यार्थीहरू जहाँ पुगे पनि विद्यापुर जनता बहुमुखी क्याम्पसको पहिचान र गरिमालाई उच्च राख्दै समाजमा सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । साथै उहाले विद्यार्थीहरूको हकहित, गुणस्तरीय शिक्षा र क्याम्पसको समग्र विकासका लागि स्ववियु सदैव प्रतिबद्ध रहने बताउनुभयो ।

बिदाइ हुने विद्यार्थीहरूको तर्फबाट बोल्दै जनक बिष्टले क्याम्पसमा बिताएका अविस्मरणीय क्षणहरूको स्मरण गर्दै शिक्षक, कर्मचारी तथा क्याम्पस प्रशासनप्रति आभार व्यक्त गर्नुभयो । उहाले क्याम्पसबाट प्राप्त ज्ञान र संस्कार जीवनभर प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यार्थीहरूलाई मायाको चिनो वितरण, शुभकामना आदान–प्रदान तथा सामूहिक तस्बिर खिच्ने कार्यक्रम समेत सम्पन्न भएको थियो । बिदाइ कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search