पञ्चपुरीमा ६१ औँ जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस मनाइयो

36 पटक हेरिएको

७ चैत, सुर्खेत
६१ औँ जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी पञ्चपुरीको बाबियाचौरमा मनाइएको छ । दलितका लागि दलित अभियान पञ्चपुरीको आयोजनामा भएको कार्यक्रममा वक्ताहरूले जातीय विभेद, छुवाछुत तथा रङ्गभेद अन्त्य गरी समानता, सामाजिक न्याय र मानवअधिकारको पूर्ण सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका प्रमुख लालबिर भण्डारीले समाजमा अझै पनि जातीय विभेद र छुवाछुतजस्ता अमानवीय व्यवहार विद्यमान रहेकाले यस्ता कुप्रथाको अन्त्यका लागि राज्य, स्थानीय तह, नागरिक समाज तथा आम समुदायको साझा पहल आवश्यक रहेको बताउनुभएको छ । भण्डारीले संविधानले सबै नागरिकलाई समान अधिकार प्रदान गरे पनि व्यवहारमा अझै विभेद कायम रहनु दुःखद् भएको बताउनुभयो ।

दिवसका अवसरमा सचेतनामूलक ¥याली, सहित बिभिन्न सास्कृतिक नृत्य, तथा देउडा गित समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको समापन शत्रमा बोल्दै संयोजक प्रेम सुनारले जातीय विवेक तथा रङ्गभेद उन्मूलन दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी व्यवहारिक परिवर्तनसँग जोड्नुपर्ने बताउनुभएको छ । आपसी सम्मान, सहअस्तित्व, र समान व्यवहारमार्फत मात्र समतामूलक समाज निर्माण सम्भव हुने उहाको भनाइ रहेको छ ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधि, अधिकारकर्मी, पत्रकार तथा सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा लोक तथा दोहोरी गायक कुलेन्द्र बिश्वकर्मा र धनराज चुनाराको प्रस्तुती समेत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...