कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न बाबियाचौर बजारको अनुगमन

46 पटक हेरिएको

६ चैत, सुर्खेत
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन बजार अनुगमनलाई थप तिब्रता दिएको छ । उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा आज पञ्चपुरीको बाबियाचौरको बजार अनुगमन गरिएको हो ।

आज गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामग्री बिक्री गर्ने, मूल्य सूची नराख्ने, बिलबिजक नदिने केही व्यवसायीलाई सुझाव सहित सचेत गरिएको छ । अनुगमन टोलीले केही पसलबाट अखाद्य वस्तु नष्ट समेत गरेको छ ।
अनुगमनमा उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका रिषब रजन, खाद्या तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका अनुज सापकोटा, इलाका प्रशासन कार्यालय बाबियाचौर सुर्खेतका नरेश तिमिल्सिना, इलाका प्रहरी कार्यालय बाबियाचौरका सुमन शोनी, पत्रकार अमर कार्की लगाएको टोलीले उपभोक्तालाई पनि सचेत भई खरिद गर्दा बिल लिने, म्याद जाँच गर्ने र अनियमितता देखिएमा सम्बन्धित निकायमा उजुरी दिन आग्रह गरेका छन् । अधिकारीहरूका अनुसार निरन्तर अनुगमन र कडा कारबाहीबाट बजारमा अनुशासन कायम हुने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...