२४ फागुन सुर्खेत

११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ । “ सबै महिला र बालिकाहरुका लागि अधिकार, न्याय र कार्य” भन्ने नारासहित आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, महिला अधिकारकर्मी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका उप प्रमुख मुक्ति रेग्मीले महिलाको अधिकार, समानता र सशक्तीकरणका विषयमा जोड दिनुभएको छ । समाजको समग्र विकासका लागि महिलाको सहभागिता र नेतृत्व अत्यन्त आवश्यक रहेको समेत बताउनु भएको छ । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी घिमिरेले महिला हिंसा, विभेद र असमानता अन्त्य गर्न सबै पक्षले मिलेर काम गर्नुपर्ने धारणा राख्नुभएको थियो
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, कुर्चि दौड, चम्चा दौड र गभरा फुटाउने खेलको आयोजना गरिएको थियो । कुर्चि दौडमा प्रथम पबित्रा बिष्ट, दोस्रो सृजना तारामी, तेस्रो गायत्री महतारा भएका छन । त्यसैगरी चम्चा दौडमा माया नेपाली प्रथम कल्पना बिसी दोस्रो ललिता तारमी तेस्रो, गभरा फुटाउने खेलमा शर्मिला बिसी प्रथम पार्बती बिसी दोस्रो जमुना कडेल तेस्रा भएका छन ।
उक्त कार्यक्रम पञ्चपुरी नगरपालिका तथा स्थानीय संघ–संस्थाको सहकार्यमा आयोजना गरिएको थियो । दिवसको अवसरमा महिला सशक्तीकरण र समानताको सन्देश फैलाउने उद्देश्यका साथ विभिन्न गतिविधिहरू सञ्चालन गरिएको आयोजकले जनाएको छ ।












