चक्कु प्रहार गरेर युवतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। बर्दगोरिया गाउँपालिका-३ बस्ने १७ वर्षीया याचना सेजवालको हत्या गरेको आरोपमा सोही गाउँपालिका-१ बौनियास्थित राजधानी सेकुवा एण्ड मम सेन्टर होटलमा काम गर्ने ३३ वर्षीय निरज साउद पक्राउ परेका हुन्।

गम्भीर घाइते भएकी याचनाको निसर्ग अस्पताल धनगढीमा थप उपचारका क्रममा मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय सडकपुर र इलाका प्रहरी कार्यालय सुक्खडबाट खटिएको प्रहरीले निरजलाई शनिबार बिहान पक्राउ गरेको हो।












