जन्मदिनको अवसरमा रेग्मीद्वारा विद्यार्थीलाई स्टेशनरी सहयोग

131 पटक हेरिएको

१८ असार, सुर्खेत ।

सुर्खेतको पञ्चपुरीमा रहेको विद्याज्योति माध्यमिक विद्यालयका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई आज एक कार्यक्रमका बीच सम्मान गरिएको छ। शैक्षिक सत्र २०८० र २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएकाे हाे । त्यसैगरी विद्यालय प्रथम दोस्रो र तेस्रो हुने विद्यार्थीहरूलाई स्टेसरी प्रदान गरिएको छ।

पञ्चपुरी नगरपालिकामा रहेको पञ्चपुरी अस्पताल प्रालीका सञ्चालक तथा स्वास्थ्यचौकी बाबियाचौरका इन्चार्ज सिद्धराज रेग्मीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थी , शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई सम्मान गर्नुभएको छ । कार्यक्रममा रेग्मीले विद्यालयमा आफूले अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

कार्यक्रममा पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले जन्मदिनको अवसरमा विद्यार्थीहरूलाई सहयोग गर्नु उदाहरणीय काम भएको हुँदा यसबाट अरुले पनि पाठ सिक्न जरुरी रहेको बताउनुभएको छ । साथै उहाँले जन्मदिनको अवसरमा विभिन्न फजुल खर्च गर्नुभन्दा सामाजिक सेवामा सहयोग गर्नु उचित हुने बताउनुभएको छ।

विद्यालयले एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगद सहित सम्मान गरेको छ। त्यसैगरी विषयगत रुपमा धेरै विद्यार्थी उत्तीर्ण गराउने शिक्षकहरू विनोद कार्की, गेहेन्द्रजंग राना, डम्बर बिसी र रेशम बहादुर शाहीलाई समेत सम्मान गरेको छ। कार्यक्रममा विद्यालयका गरिब तथा जेहन्दार बालबालिकाहरूलाई शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशबाट प्राप्त छात्रवृत्ति समेत प्रदान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search