१७ जेठ सुर्खेत ।
आइएनएफ सुर्खेतद्वारा सञ्चालित पहुँच तथा समावेशीकरण परियोजना पञ्चपुरीले छात्रवृद्धि प्रदान गरेको छ । समुदायमा अपाङ्गता भएका बालबालिका मध्यबाट समस्या प्रभावित छनोट गरी छात्रवृद्धि प्रदान गरिएको हो ।

पञ्चपुरी र चौकुने गाउँपालिकाका २७ जना बालबालिकाहरूलाई आज छात्रवृत्ति प्रदान गरिएको छ। छात्रवृत्ति वितरण कार्यक्रममा पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले आइएनएफ सुर्खेतले गरेको सहयोगले बालबालिकाको पढाइमा थप सहज हुने बताउनुभएको छ।
साथै उहाँले संस्थाले प्रदान गरेको छात्रवृत्ति सही सदुपयोग गरेमा वार्षिक रुपमा पढाइमा एवा पुग्ने बताउनुभएको छ । पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा छात्रवृत्ति वितरण गरिएको आइएनएफ पञ्चपुरी टिम लिडर उदय हमालले जानकारी दिनुभएको छ।












