प्रथम अध्यक्ष कप खेलकुद कार्यक्रम बराहतालमा सम्पन्न,

59 पटक हेरिएको

१७ जेठ सुर्खेत ।
राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सुरु भएको बराहताल गाउँपालिका प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता आज समापन भएको छ । प्रतियोगिताको कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उद्घाटन गर्नु भएको थियाे ।
बराहताल गाउँपालिकाको आर्थिक वर्ष २०८१- ०८२ को वार्षिक स्विकृत कार्यक्रम अनुसार खेलकूद विकास समितिको आयोजनामा गाउँपालिका स्तरिय अध्यक्ष कप खेलकुद सुरु गरिएको थियोे । प्रतियोगितामा भलिबल तर्फ १० वटा समूह र फुटवल तर्फ सातवटा टिमको सहभागिता रहेको थियो । बराहताल गाउँपालिका वडा नं ५ बड्डीचौर रंगशालामा खेल सुरु भएको थियोे । भलिबल प्रतियोगितामा वडा नं ७ प्रथम भएको छ भने वडा नं. ९ दाेस्राे भएको छ । त्यसैगरी फुटबल तर्फ वडा नं ५ प्रथम भएको छ भने वडा नं २ दाेस्राे भएको छ । प्रत्येक विधामा प्रथम हुने वडा लाई रु ५० हजार द्वितीय हुने वडालाई रु २५ हजार पुरस्कार प्रदान गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...