सुर्खेतकाे पञ्चपुरी नगरपालिका वडा नं २ का महिलाहरुलाई पाेशाक बितरण गरिएकाे छ । देउडा संस्कृति जगेर्ना गर्नकाे लागि वडा भित्रका ५२ जना महिला हरुलाई देउडा खेल खेल्न पाेशाक बितरण गरिएको हाे । लाेप हुँदै गएकाे देउडा परम्परा लाई जगेर्ना गर्नकाे लागि वडा कार्यालयले प्राेत्साहन गर्न पाेशाक उपलब्ध गराएकाे हाे । पाेशाक बितरण कार्यक्रममा बाेल्दै वडा नं २ का वडा अध्यक्ष यामबहादुर बिसीले देउडा गित माया पिरतिकाे मात्रै नभई समाजमा भएका कुरिती, कुसंस्कार बिरुद्धमा पनि गाउनुपर्ने बताउनुभएकाे छ । साथै बिसीले देउडा संस्कृति जाेगाउन अहिलेकाे पिढिलाई पनि बिद्यालय स्तरमा जानकारी गराउनुपर्नेमा जाेड दिनुभएको छ । संस्कृति संरक्षणमा पाेशाक बितरण गरेर सहयाेग गरेकाे प्रति महिलाहरुले खुसी ब्यक्त समेत गरेका छन । पञ्चपुरीकाे वडा नं २ र ३ का महिला हरुले नियमित १ गते र १५ गते देउडा खेल खेल्दै अाएका छन ।