नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुुर्ब गृह राज्यमन्त्री देबेन्द्रराज कडेलले पार्टिमा रहेर पार्टिको हित बिरुद्ध बोल्ने लाइ छुट नदिइने बताउनु भएको छ । नेपाली काङ्ग्रेस सुर्खेत क्षेत्र न. २ आयोजनामा पञ्चपुरीको बाबियाचौरमा सम्पन्न भएको आन्तरिक विशेष अभियान सो कुरा बताउनुभएको हो ।
पार्टिको केन्द्रिय बैठकमा भएको छलफल अनुसार सामाजिक सञ्जालमा हित बिपरित अभिब्यक्ती दिनेलाइ साधारण सदस्यता समेत खारेज गरिने बताउनुभएको छ । कडेलले माथिल्लो तहका नेताहरुलाइ मात्रै गुट उपगुटको दोष लगाएर आफु पन्छिन नमिल्ने भन्दै नेता र नेतृत्वकर्ता बन्नको लागि आफ्नो वडा तहमै आफुले राम्रो काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।
दम्भ र घमण्ड गर्ने ब्यक्तीको राजनिती सफल नहुने बताउदै नेता कडेलले समुदाय र कार्यर्ताबिच समधुर सम्बन्ध कायम गर्न सबैलाय आग्रह समेत गर्नुभएको छ । पार्टीकोको आन्तरिक सुदृढीकरण अभियान अन्तरगत संचालन भएको अभियान कार्यक्रममा पार्टी भित्र भएको आन्तरिक समस्या तथा आगामी दिनमा योजना माथि छलफल गरिएको छ ।
कार्यक्रममा अर्का केन्द्रिय सदस्य जानकी सिहले अवको राजनिती युवाहरुको काधमा आउन सक्ने भन्दै त्यसका लागि युवाहरुले संगठन बलियो बनाउनुपर्ने बताउनुभएको छ । सिंहले पार्टिभित्र बसेर खुरापाति गर्दै पार्टी धरासयी बनाउन नहुने बताउदै आफु राम्रो नेता कार्यकर्ताले आफै बिस्वास गर्ने बताउनुभएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस पञ्चपुरीका नगर सभापति कृपाराम थापाले नगर कार्यसमितिले निरन्तर बैठक, वडा नगर संयुक्त बैठक, वडा स्तरिय बैठक, बिपतमा नेपाली काङ्ग्रेस अभियान, बार्षिक कार्ययोजना, वडा कार्यसमिति पुर्णता, टोल कार्य समिति गठन, भातृ संगठन गठन, दलित संघ तदर्थ समिति गठन, प्रशिक्षण तथा भलाकुसारी कार्यक्रम, जनप्रतिनिधि संग बैठक सञ्चालन गरेको जानकारी दिनुभएको छ ।
त्यसैगरी बराहताल गाउपालिका सभापति भिम भण्डारीले संगठन बिस्तारका लागि वडा स्तरमा घुम्ति बैठक, गुनासा सुनाई कार्यक्रम भएको, जनताको सुझाव संकलन, घोषणा पत्रको आधारमा रहेर काम गरेको, भौगोलिक कठिनाईले बैठकमा गणपुरक संख्या पुग्न गाह्रो भएको जानकारी दिनुभयो । भण्डारीले काङ्ग्रेसले गरेको कामको प्रचारप्रसार अझै कम भएको, प्रशिक्षण कार्यक्रम संचालन गर्न आबश्यक रहेको बताउदै काङ्ग्रेस हेर्न पश्चिम जाउ भन्ने सोचका साथ लाग्ने प्रतिबद्धता जनाउनुभएको छ ।
वीरेन्द्रनगर नगरपालिका सभापति उपेन्द्र बहादुर खड्काले वडा पार्टी कार्यालय स्थापना, बैक खाता संचालन, लेबि संकलन, जनता संग काङ्ग्रेस अभियान टोल कार्य समिति गठन गरेको जानकारी दिनुभयो । उहाले सेवादल गठनका लागि कार्यबिधि छिटो आउनुपर्ने, फेसबुक पेज बनाउनु पर्ने, सामाजिक कामको जानकारी पेज मार्फत गराउनुपर्ने, जनप्रतिनिधि पार्टी संग समन्वय बढाउनुपर्ने सुझाव समेत दिनुभएको छ ।
कार्यक्रममा नगरप्रमुख लालविर भण्डारीले कांग्रेस पहिलो पार्टीको रुपमा हुदा पनि जनताले निरासाजनक कुरा गर्ने, गुटउपगुट भए पनि ब्यवस्थापन गर्नुपर्ने, पार्टी भित्र नै रहेर पार्टीको अनावश्यक बिरोध गर्ने, अनुकुलको निर्णय नभए अनावश्यक कुरा सामाजिक सञ्जालमा लेख्ने प्रबृती मौलाएको बताउनुभयो । भण्डारीले पहिले पार्टीको बिचार बुझाएर सदस्यता दिने गरेको र अहिले जागिर खुवाउने ठेक्कापट्टा दिने प्रलोभन देखाएर पार्टी प्रबेश गराएकै कारण बिचलन आएको समेत बताउनुभयो । बोलेका कुरा पूरा गरेपछि पार्टी बलियो हुने बताउदै उहाले छुवाछूतको राजनीति नगर्न सुझाव दिनुभयो । “पार्टी सकिने गरि गुटउपगुट बनाउने लाई पार्टी र जनताले चिन्नुपर्छ, पहिलो प्राथमिकता पार्टी वलियो बनाउने हो, स्वतन्त्र पार्टीको डर देखाएर पार्टी कमजोर बनाउन खोजेर सम्भव हुदैन” भण्डारीले भन्नुभयो ।
सुर्खेतका पार्टि उपसभापति टोपबहादुर रावतले सुर्खेतमा काङ्ग्रेस अत्यधिक गुटउपगुट भएको जिल्लाको रुपमा हेरिने गरेको छ । पार्टीको अवस्था बुझ्ने, काङ्ग्रेस जगाउने अभियानमा सहभागी हुने कार्यक्रममा गुठको नाममा किन सहभागी नहुने, फेसबुकको राजनीति गर्ने काम किन भएको छ भन्दै आपत्ति जनाउनुभयो । आफुले प्रदेश र संघको चुनावमा त्याग तपस्या गरेर चुनावमा काङ्ग्रेसलाई बिजयी गराउने काम गरेको समेत उहाले स्मरण गराउनुभयो । त्यस्तै उपसभापति बिष्णु खड्काले सुर्खेमा हुने गरेको कार्यक्रममा दुबै पक्ष सहभागी भएको कहिल्यै नदेखिएको र पार्टिका कार्यक्रम बहिस्कार गर्ने परिपाटी गर्नु राम्रो नहुने बताउनुभयो ।
त्यस्तै कर्णाली प्रदेश सदस्य मुक्ति रेग्मी अग्रज नेताहरुको सम्मान गर्न सक्नुपर्ने, काङ्ग्रेस २ धार भित्र पनि उपगुट भएको काङ्ग्रेसले महिला लाई उपेक्षा गरेको बताउनुभयो ।
कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री खड्क पोखरेलले टिकट माग्दा सबै चाहिने जितेपछि कोहि नचाहिने जस्तो गर्न नहुने बताउदै अहिले एक अर्काेको बिचार र क्षमताको लडाइँ नभई कुर्सी र पदको लागि गुट भएको हुदा पार्टिमा बिचलन आएको बताउनुभयो ।
कार्यक्रममा पार्टिभित्र भएका आन्तरिक समस्या आगामी योजनाको बारेमा समेत छलफल गरिएको छ । कार्यक्रम नेपाली काङ्ग्रेस सुर्खेत क्षेत्र न. २ का सभापती इन्द्रबहादुर रावलको अध्यक्षतामा सम्पन्न भएको छ ।