९ असार सुर्खेत ।
बिद्याभुमी एकेडमी पञ्चपुरी ५ बाबियाचौर मा आज युवा रेडक्रस सर्कल गठन गरिएको छ । आज बिद्यालयमा भएको विद्यार्थीहरुले निर्वाचन प्रक्रियाबाट ११ सदस्य समिति युवा रेडक्रस गठन गरेको छ । समितिको अध्यक्षमा सुमन रम्फेली मगर चयन हुनुभएको छ। त्यसैगरी सह अध्यक्षमा भावना लामिछाने सचिवमा रुपेश बिष्ट, सह-सचिवमा शुशान्त रिमाल कोषाध्यक्ष राजेन्द्र बिष्ट र सह-कोषाध्यक्षमा टेकेन्द्र शाही रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा अञ्जली थापा, तुल्सी न्यौपाने, मानुसी चन्द सोडारी, आयुस सावद, र पेसिङ सावद चयन भएका छन् ।

त्यसैगरी भेलाले शिक्षक नायकमा हर्क बहादुर सावद शिक्षक सह नायकमा लक्ष्मण सुनार र संरक्षकमा प्रधानाध्यापक पदमराज रिमाललाई चयन गरेको छ। कार्यक्रममा संरक्षक पदमराज रिमालले जुनियर रेडक्रस सर्कलको विद्यालयमा महत्त्वपूर्ण भूमिका रहने र सामाजिक सेवामा अनुशासनमा रहि सेवा गर्न सुझाव तथा सल्लाह दिनुभएको छ । त्यस्तै शिक्षक नायक हर्क बहादुर सावदले आगामी दिनमा अनुशासनमा रही विद्यालयका गतिविधिमा जुनियर रेडक्रस लागिरहने प्रतिबद्धता समेत जनाउनुभएको छ।