पूर्वराजा रानी र प्रेरणा अस्पताल भर्ना,

काठमाण्डौ – पूर्वराजा ज्ञानेन्द्र शाह, रानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणा शाह अस्पताल भर्ना हुनुभएको छ । निर्मल निवासमा होम आइसोलेशनमा रहेका शाह दम्पती स्वास्थ्यमा थप समस्या देखिएपछि आज नर्भिक अस्पताल भर्ना हुनुभएको हो ।

अस्पताल भर्ना भए पनि उहाँहरुको अवस्था स्थिर रहेको नर्भिक अस्पतालले जनाएको छ । गएको बैशाख ७ गते पूर्वराजा दम्पतीमा कोरोना सङक्रमण पुष्टि भएको थियो । भारतको हरिद्वारमा भएको कुम्भ मेलामा सहभागी भएर बैशाख ५ गते नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमलमा कोरोना देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...