कांग्रेसको पदाधिकारी बैठक बस्दै

आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाले दिउँसो दुई बजेका लागि बैठक बेलाउनुभएको हो ।

पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीका पूर्व पदाधिकारी तथा शीर्ष नेताहरुको सहभागिता रहनेछ । आजको पदाधिकारी बैठकमा नयाँ सरकार गठनका लागि माओवादी केन्द्र र जसपासँग भइरहेको छलफल तथा थप रणनीति तय गर्ने तयारी छ ।

भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेण्डा तय गर्न तथा १४ औं महाधिवेशनबारे छलफल गर्न सभापति देउवाले बैठक बोलाउनुभएको पार्टीका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।

गएको शुक्रबार सभापति देउवाले ३ दलको संयुक्त बैठकमा आफ्नै नेतृत्वमा सरकार गठनको प्रस्ताव गर्नुभएको थियो । देउवाको प्रस्तावमा माओवादी केन्द्रले समर्थन जनाए पनि जसपाले पनि ठोस निर्णय दिएको छैन । ujyaalo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...