विद्याज्योति माध्यमिक विद्यालय बाबियाचौरमा फेरि भेटौंला कार्यक्रम सम्पन्न

47 पटक हेरिएको

१५ चैत, सुर्खेत ।
बिद्याज्योति माध्यमिक विद्यालय पञ्चपुरी ५ बाबियाचौरमा अध्ययनरत कक्षा १० का SEE दिने विद्यार्थीहरूको सम्मानमा विदाई तथा फेरि भेटौंला कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम पञ्चपुरी नगरपालिका ५ स्थित विद्यालयको परिसरमा आयोजना गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यापक द्रोणराज पाठकले SEE परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै अनुशासन, मेहनत र आत्मविश्वासका साथ परीक्षा दिन सुझाव दिनुभएको छ ।
विद्यार्थीहरूले पनि विद्यालयमा बिताएका अमूल्य क्षणहरू सम्झँदै आफ्ना अनुभव र भावनाहरू व्यक्त गरेका थिए । सो अवसरमा विद्यार्थीहरूले सांगीतिक प्रस्तुति दिँदै विदाई कार्यक्रमलाई अझ आकर्षक बनाएका थिए ।
कार्यक्रमको अन्त्यमा क्भ्भ् दिने विद्यार्थीहरूलाई टीका, खादा लगाएर सम्मानपूर्वक विदाई गरिएको थियो । फेरि भेटौंला भन्ने आशाका साथ सम्पन्न कार्यक्रमले सबै सहभागीलाई भावुक बनाएको थियो । कार्यक्रममा बिद्यालयका ब्यवस्थापन समिति अध्यक्ष लोकेन्द्र रावल, सदस्य रण बहादुर महतारा, चेतन नेपालीको उपस्थिती रहेको थियो । कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष प्रकाश न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...