सुर्खेत ।
जनज्योति आधारभूत विद्यालय पञ्चपुरी ६ भावरको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। आज भएको भेलाले ९ सदस्य समिति गठन गरेको छ । जसको अध्यक्षमा बसन्तबहादुर बुच्चा मगर रहनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा धनबहादुर गिरी, छविलाल खड्का, गंगाराम खनाल, कौशिला नेपाली, नन्दकुमारी सापकोटा खनाल, कर्णबहादुर तारामी, धर्मराज खनाल र सदस्य सचिवमा बुद्धिप्रसाद सापकोटा रहनुभएको छ ।
त्यसैगरी यसैगरी टेकबहादुर वयकको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरिएको छ । जसको अध्यक्ष सदस्यमा तिलनाथ, भद्रकला वयक, रामप्रसाद खनाल, कुलबहादुर बुढा, कमला बुढा र यमबहादुर बयक रहनुभएको छ ।