बिद्यापुर जनता बहुमुखी क्याम्पस पञ्चपुरी ९ सुर्खेतको १७ औ बार्षिकोत्सव बिद्यापुरमा सम्पन्न भएको छ । बार्षिकोत्सव कार्यक्रममा विभिन्न राजनीति दल संघ संस्था तथा क्याम्पसमा योगदान पु¥याउने ब्यक्ति तथा अभिभावक हरुको सहभागीता रहेको थियोे । कार्यक्रममा क्याम्पस प्रमुख तिर्थबहादुर शाहीले क्याम्पसको बिकासको लागि सबैको सहयोग आबश्यक रहेको बताउनुभएको छ ।
भौतिक संरचना, बिद्यार्थी भर्ना दर कम र शिक्षक दरबन्दी पनि न्यून रहेको हुदा यसतर्फ सबैले चासोको रुपमा लिन जरुरी रहेको समेत बताउनुभएको छ । कार्यक्रममा क्याम्पसको स्वबियु सभापति चेतन नेपालीले बिद्यार्थी भर्ना देखि लिएर शैक्षिक वृद्धि र क्याम्पसको बिकास निर्माणका लागि स्वबियुले निरन्तर साथ दिएको र आगामी दिनमा पनि निरन्तरता रहने प्रतिबद्धता जनाउनुभएको छ ।
कार्यक्रम बोल्दै पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले क्याम्पसमा आफुले अक्षयकोष निर्माण गरेको बताउनुभएको छ । आफुले आफ्नो कार्यकालभर बार्षिक १ लाखको दरले जम्मा गर्ने र त्यसपछि निरन्तर आफ्नो क्षमता अनुसार अक्षयकोषमा रकम जम्मा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी सुर्खेत क्षेत्र नं २ सुर्खेतका सांसद हृदयराम थानीले क्याम्पसको बिकासको लागि केन्द्र सरकारवाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा पञ्चपुरी ९ बिद्यापुरका नन्दलाल घिमिरेले १ लाख १० हजार अक्षय काेष निर्माणका लागि क्याम्पस प्रमुखलाई चेक हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा क्याम्पस अध्ययन गरि सरकारी सेवामा प्रबेश गरेका विभिन्न कर्मचारी, जग्गा दाता अक्षयकोष स्थापना गर्ने ब्यक्तिहरुलाई सम्मान समेत गरिएको छ । कार्यक्रम क्याम्पस प्रमुख तिर्थबहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको हो ।
