सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं ६ मा सीप बिकास तालिम तथा रोजगार बिकास कार्यक्रम अन्तरगत ३ महिने हेयर कटिङ तालिम हिजो देखि सुरु भएको छ । तालिम उद्योग तथा उपभोक्ता संरक्षण निर्देशानालय कर्णाली प्रदेश सुर्खेतको आयोजनामा बाबियाचौरमा संचालन भएको हो ।
तालिम कार्यक्रममा वडा नं ६ का १० जना सहभागी हुने भएका छन । वडाका बेरोजगार युवाहरू रोजगार सृजना गर्न कार्यक्रम संचालन भएको कार्यालयले जनाएको छ । कार्यक्रमको उद्धाटन गर्दै वडा नं ६ का अध्यक्ष नर बहादुर सिजापतिले युवाहरुलाइ रोजगारी सृजना गर्नका लागि आफु निरन्तर लागिरहने बताउनुभएको छ ।
अध्यक्ष सिजापतीले तालिममा सिकेको सिपलाइ ब्यवहारमा लागु गरेपछि मात्रै उपलब्धी हुने भएको हुदा सहभागिहरुले लगनसिल भएर काम सिक्न आग्रह समेत गर्नुभएको छ । तालिमको प्रशिक्षण हरि बहादुर शाही र सहजिकरण हिमाल तिवारी गर्ने आयोजकले जनाएको छ ।