सुर्खेत ।
मध्यपश्चिम बिश्वबिद्यालय बिद्यापुर जनता बहुमुखी क्याम्पस सुर्खेतले १७ औं बार्षिकाेत्सवकाे अवसरमा विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ । बिद्यापुर जनता बहुमुखी क्याम्पस पञ्चपुरी-९, सुर्खेतकाे आयाेजना र स्वतन्त्र बिद्यार्थी युनियनकाे सहआयाेजनामा माद्यामिक बिद्यालय स्तरीय फुटसल प्रतियोगिता हुन लागेकाे हाे ।

प्रतियोगितामा सहभागिता जनाउने टिमले माघ १४ गते बिहान ८ बजे सम्म टिम दर्ता गराउन सकिने स्वबियु सभापति चेतन नेपाली जानकारी दिएका छन । कक्षा १२ सम्म संचालित मावि स्तरीय फुटसल प्रतियोगितामा आयाेजक टिमकाे पनि सहभागीता हुने भएको छ । प्रतियोगितामा प्रथम हुनेले १५ हजार र दाेस्राे हुनेले नगद ७ हजार पुरस्कार पाउने आयाेजकले जनाएको छ ।