वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी पञ्चपुरी ११ लाइ

10 पटक हेरिएको

१८ जेठ, सुर्खेत ।
पञ्चपुरी नगरपालिका वडा नं. ६ को सहयोग र वडा अध्यक्ष कप भलिवल प्रतियोगिता सञ्चालन समितिको आयोजनामा भएको वडा अध्यक्ष कप भलिबल प्रतियोगिता उत्साहजनक रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न वडाका गरी १० वटा टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै पञ्चपुरी–११ थानकोट को टोली प्रथम हुन सफल भएको छ । त्यसैगरी पञ्चपुरी–५ चिसापानी दोस्रो तथा पञ्चपुरी–११ ताउलेको टोली तेस्रो स्थान हासिल गर्न सफल भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ४५ हजार, दोस्रो हुने टोलीलाई नगद २५ हजार तथा तेस्रो हुने टोलीलाई नगद १५ हजार नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
समापन कार्यक्रममा बोल्दै वडा नं. ६ का वडा अध्यक्ष नरबहादुर सिजापतीले खेलकुदले युवाहरूमा अनुशासन, नेतृत्व क्षमता तथा आपसी सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । स्थानीय स्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।
प्रतियोगिताभर खेलाडीहरूले उत्कृष्ट खेल कौशल प्रदर्शन गरेका थिए भने स्थानीय दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । प्रतियोगिताको सफल आयोजनाले पञ्चपुरी क्षेत्रमा खेलकुद विकास र प्रतिभा पहिचानमा थप टेवा पुग्ने विश्वास गरिएको छ । कार्यक्रम संयोजक नबिन सार्कीको अध्यक्षतामा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search