१० दिने रूपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न,

34 पटक हेरिएको

३१ असार सुर्खेत ।
किशोर किशोरीहरूको समग्र विकासका लागि १० दिने रूपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम आज सम्पन्न भएको छ । असार २२ गतेदेखि सञ्चालन भएको तालिममा नगरपालिकामा रहेका किशोरी समूहका २५ जना किशोरीहरूको सहभागिता रहेको थियोे । आवाज संस्था सुर्खेतको आयोजना युनिसेफ, टिडिएच जर्मन, बाल हेल्पलाइन र पञ्चपुरी नगरपालिकाको सहयोगमा तालिम सञ्चालन भएको हाे ।

तालिममा जीवन रुपान्तरणका विषयमा विभिन्न सीपहरू काे जानकारी दिईएको छ। तालिमका सहभागी किशोरीहरूले तालिम एकदमै प्रभावकारी भएको र यसले व्यवहारिक जीवनमा परिवर्तन ल्याउन मद्दत पुगेको बताएका छन्। साथै उनीहरुले यो तालिम आफआफ्नो समूहमा जानकारी गराउने प्रतिबद्धता समेत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...