युवाज्योति आधारभूत विद्यालयको ३७ औँ वार्षिकोत्सव बरैचेमा सम्पन्न

31 पटक हेरिएको

१८ चैत, सुर्खेत ।
पञ्चपुरी नगरपालिका–४ मा रहेको युवाज्योति आधारभूत विद्यालयको ३७ औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ आज सम्पन्न भएको छ ।
भवन उद्घाटन तथा वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा देखिएको प्रगतिप्रति खुसी व्यक्त गर्दै गुणस्तरीय शिक्षाका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयलाई अझ सशक्त बनाउन स्थानीय तहले निरन्तर काम गरिरहेको समेत बताउनुभयो ।

वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण बिसीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले हासिल गरेका उपलब्धि, चुनौती तथा आगामी योजना बारे जानकारी दिनुभएको छ । साथै बिद्यालयले उत्कृष्ट विद्यार्थीलाइ पुरस्कार तथा सम्मान गरेको छ ।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गीत, नाटक तथा विविध प्रस्तुति मार्फत उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीयको सहभागिता रहेको उक्त कार्यक्रममा विद्यालयको समग्र विकासमा सबैले हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदय आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...