विद्यापुर जनता बहुमुखी क्याम्पसमा प्रथम सेमेस्टरका विद्यार्थीलाई स्वागत

43 पटक हेरिएको

१८ चैत सुर्खेत ।
विद्यापुर जनता बहुमुखी क्याम्पस पञ्चपुरी ९ सुर्खेतका प्रथम सेमेस्टरमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई लक्षित गरी एक विशेष स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ । कार्यक्रम क्याम्पस परिसरमा आयोजित गरिएको थियो, जहाँ क्याम्पस प्रशासन, प्राध्यापकहरू तथा पुराना विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटन क्याम्पस प्रमुख लक्ष्मी बहादुर बयकले गर्नुभएको थियो । आफ्नो मन्तव्यमा उहाँले नयाँ विद्यार्थीहरूलाई क्याम्पस जीवनको महत्वबारे जानकारी दिँदै अनुशासन, अध्ययनशीलता र सिर्जनशीलतामा जोड दिन आग्रह गर्नुभयो । साथै, उहाँले विद्यार्थीहरूलाई आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहन प्रेरित गर्नुभयो । विद्यार्थीहरूले पनि आफ्नो अनुभव साझा गर्दै नयाँ आउनेहरूलाई सहयोग र सहकार्यको प्रतिबद्धता व्यक्त गरेका थिए ।
स्वागत कार्यक्रमले नयाँ विद्यार्थीहरूमा सकारात्मक ऊर्जा र उत्साह जगाएको सहभागीहरूले बताएका छन । कार्यक्रम स्ववियु सभापति चेतन नेपालीको अध्यक्षतामा सम्पन्न भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...