माइतीघर मण्डलामा अनुमति नलिई आन्दोलन गर्न पुगेका जेनजी अभियन्ताहरू र प्रहरीबीच अहिले धकेलाधकेल भइरहेको छ । जेनजी अगुवा मिराज ढुङ्गानालगायतको टोलीले आजदेखि माइतीघरमा आन्दोलनको घोषणा गरेकोमा उनीहरूलाई काठमाडौं प्रशासनले अनुमति नदिएपछि ढुङ्गानासहितका जेनजी अभियन्तालाई प्रहरीले रोकेको छ । सो क्रममा धकेलाधकेल भएको हो ।अनुमतिका लागि जेनजी समूहमा प्रशासनमा आइपुगेको भएपनि आफूहरूले अनुमति नदिने बताएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले बताए ।
प्रमुख जिल्ला अधिकारी पौडेलले आज सोमबार जेनजीका फरक–फरक समूहले आन्दोलन गर्न पाउनुपर्ने भन्दै अनुमतिका निम्ति पत्र बुझाएको भए पनि आफूहरूले अनुमति नदिने बताएको जानकारी दिए ।
ढुंगाना समूह आइतबार आन्दोलन घोषणा गरेर आज सोमबार अनुमतिका लागि प्रशासनमा पुगेको थियो । ढुंगानाले गरी खान देऊ अभियान चलाउँछन् । गरिखान देऊका संयोजक ढुंगाना नेतृत्वको टोलीले माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेपछि प्रहरीको तैनाथी पनि बढाइएको छ ।













