बिद्याज्योतिका कक्षा १० मा अध्ययनरत बिद्यार्थीका अभिभावक भेला सम्पन्न

२८ कार्तिक, सुर्खेत

सुर्खेतको बाबियाचौरमा रहेकाे बिद्याज्योति माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक प्रगति, व्यवहार तथा आगामी बोर्ड परीक्षासम्बन्धी तयारीका विषयमा अभिभावक भेला आज सम्पन्न भएको छ।

भेलामा विद्यालयका प्रधानाध्यापक, कक्षा शिक्षक तथा कक्षा १० का विद्यार्थीका अभिभावकहरूको सहभागिता रहेको थियो । कक्षा १० को तयारीलाई अझ प्रभावकारी बनाउन विद्यालयले पछिल्लो शैक्षिक गतिविधि, हाजिरी अवस्था, आन्तरिक मूल्यांकन र अतिरिक्त कक्षा सञ्चालनका बारेमा विस्तृत जानकारी अभिभावकलाई उपलब्ध गराएको थियो ।

कार्यक्रममा बोल्दै विद्यालय ब्यवस्थापन समिति अध्यक्ष लाेकेन्द्र रावलले प्रशासनले अभिभावक र विद्यालयबीचको सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थीको अध्ययन सुधारका लागि घर–विद्यालय दुवैतर्फबाट समान प्रयास आवश्यक हुनेमा जोड दिनुभएको छ । अभिभावकहरूले पनि आफ्ना सुझाव तथा अनुभवहरू राख्दै विद्यालयको पहलप्रति धन्यवाद व्यक्त गरेका छन ।

बिद्यालयले नियमित अध्ययन, अनुशासन तथा परीक्षा तयारीमा विद्यार्थीहरूलाई सहयोग पुर्‍याउन अभिभावक तथा विद्यालयबीच निरन्तर समन्वय रहने जानकारी गराएको छ । भेला शिक्षक अभिभावक सङ्घका अध्यक्ष मनिराम भण्डारीकाे अध्यक्षतामा सम्पन्न भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...