२० कार्तिक सुर्खेत
विद्यापुर जनता बहुमुखी क्याम्पस पञ्चपुरी ९ विद्यापुर सुर्खेतमा आज आठौं सेमेस्टरका विद्यार्थीहरूको विदाई कार्यक्रम गरिएको छ। स्वतन्त्र विद्यार्थी युनियन विद्यापुरको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा सहभागी शिक्षक तथा पूर्व विद्यार्थीहरूले विदाई हुने विद्यार्थीहरूको आगामी यात्राकाे सफलताको शुभकामना दिँदै विद्यापुर जनता बहुमुखी क्याम्पसको नाम राख्ने काम गर्न सबैलाई आग्रह गरेका छन् ।

कार्यक्रममा विदाई हुने विद्यार्थीहरूले क्याम्पसलाई मायाको चिनो समेत प्रदान गरेका छन् भने क्याम्पस परिवारले मायाको चिनोसहित विद्यार्थीहरूलाई बिदाई गरेको हो । कार्यक्रम क्याम्पस प्रमुख तिर्थबहादुर शाहीको प्रमुख आतिथ्यता तथा स्ववियु सभापति चेतन नेपालीको अध्यक्षतामा सम्पन्न भएको हो ।













