२० कार्तिक, सुर्खेत
पञ्चपुरी नगरपालिका सुर्खेतमा साईनिङ्ग अस्पताल आई एन एफ सुर्खेत द्धारा संचालन भएको पहुँच तथा समावेशीकरण परियोजना ३ बर्ष ३ महिना कार्यक्रम संचालन गरी सफलता पुर्वक बहिरगमन भएको छ । उक्त कार्यक्रम पञ्चपुरी नगरपालिका नगर उपप्रमुख मुक्तिदेवी रेग्मीको अध्यक्षता नगर प्रमुख लालबीर भण्डारी प्रमुख अतिथ्यतामा सञ्चालन गरिएको हो । कार्यक्रममा आई एन एफ नेपाल केन्द्रिय कार्यालय पोखरा हिरामणी अधिकारी, दातृ निकायका जर्मन प्रतिनिधि साईनिङ्ग अस्पताल आई एन एफ सुर्खेत कार्यक्रम प्रमुख ललित बहादुर सारु, पाटनरसिप अफिसर सुनिता भण्डारी, प्रशासन तथा बित्त शाखा प्रमुख नारायण बहादुर खड्काको सहभागीता रहेको थियो । कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, शाखा प्रमुखहरु, अपागंता भएका ब्यक्तिहरु तथा सेवाग्राहिको उपस्थीति रहेको थियो ।


साईनिङ्ग अस्पताल आई एन एफ सुर्खेतका कार्यक्रम प्रमुख ललित बहादुर सारुबाट परियोजनाले ३ बर्षमा गरेका काम र भएको प्रगतिलाई प्रस्तुति गर्दै आगामि दिनमा पनि स्थानिय सरकार संग सहकार्य गरेर काम गर्दै जाने बताएका थिए । आई एन एफ नेपाल र दातृ निकाय प्रतिनिधि बाट यस पालिकामा धेरै राम्रो काम भएको र अझैपनि धेरै काम गर्न बाँकि रहेकोले आगामि दिनमा हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताएका छन । कार्यक्रममा नगर प्रमुख लालबिर भण्डारीले आइएनएफ अपांगता भएका ब्यक्तिको साहारा भएको बताउनुभएको छ । त्यस्तै कार्यक्रममा उप प्रमुख मुक्ति रेग्मीले परियोजना र स्थानिय सरकारले साझेदारीमा राम्रो काम गरेको, थोरै लगानीमा र छोटो समयमा उपलब्धी मुलक र जनतामुखी सेवा प्रदान गरिएकोले त्यस सस्था प्रति खुसी ब्यक्त गर्दै आगामी दिनमा संगसंगै मिलेर जाने प्रतिबद्दता ब्यक्त गर्नुभएको छ ।

संस्था संग साझेदारीमा काम गर्न आ.व. २०८२।०८३ मा बजेट सम्म बिनियोजन गरेको बताएका छन । परियोजना प्रतिनिधि र दातृ निकायका प्रतिनिधि बाट सेवा प्रदाय ब्यक्तिको घर भेटघाट गरी अवस्थाकाको बारेमा बुझेर आगामि दिनमा परियोजनालाई अझ प्रभावकारी रुपमा अगाडि लैजाने बताएका छन । सेवा पाएका ब्यक्तिहरुले जीवनमा भएको परिवर्तन बाट खुसि भई परियोजना र दातृ निकायलाई धन्यवाद दिएका छन । उक्त कार्यक्रममा पञ्चपुरी नगरपालिका बाट सहयोगी निकाय जर्मन प्रतिनिधि Katrin Schmilt लाई मायाको चिनो र आई एन एफ नेपाल केन्द्रिय कार्यालय पोखरा, साईनिङ्ग अस्पताल आई एन एफ सुर्खेत र पञ्चपुरी नगरपालिकामा बसेर काम गर्ने परियोजना प्रतिनिधि उदय बहादुर हमाललाई प्रशंसा प्रत्र प्रदान गरेको थियो । कार्यक्रम पञ्चपुरी नगरपालिकाको सभा हलमा भएको थियो भने कार्यक्रम संचालन परियोजना प्रतिनिधि लोकप्रसाद गौतमले गर्नुभएको हो ।













