७ असाेज सुर्खेत
पञ्चपुरी नगरपालिका वडा नं २ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा दन्त राेग उपचार सेवा सञ्चालनमा आएको छ। पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले आज सो सेवाको उद्घाटन गर्दै दाँतको समस्या भएका बिरामीहरूले अब सदरमुकाम जानुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभएको छ।

प्राथमिक स्वास्थ्य केन्द्र को विभिन्न सेवाहरु विस्तारको क्रममा दन्त उपचार सेवा सुचारु गरिएको हो । सेवा सुचारु भएसँगै पश्चिम सुर्खेतका नागरिकहरूले थप सुविधा पाउने भएका छन्।












