२७ चैत, सुर्खेत ।
गोल्डेन फ्युचर एकेडेमीले कक्षा ८ को नगरपालिका स्तरीय परीक्षामा सामुदायिक र संस्थागत बिद्यालय मध्य उत्कृष्ट नतिजा हासिल गर्दै आफूलाई अब्बल विद्यालयका रूपमा स्थापित गरेको छ । पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा रहेको बिद्यालयले हालै सार्वजनिक गरिएको परीक्षाफल अनुसार विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट अंक ल्याउँदै समग्रतामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गरेका छन । पालिका स्तरमा ३.९६ जिपिए ल्याएर आशिष खड्का प्रथम, ३.९५ जिपिए सहित किरण पौड्याल दोस्रो र ३.९४ जिपिए सहित सौगात पौड्याल तेस्रो भएका छन ।


विद्यालयका प्रिन्सीपल तारा प्रकाश कडेलले सफलतामा विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको साथ सहयोग महत्वपूर्ण रहेको बताउनुभएको छ । साथै कंडेलले आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउन विद्यालय प्रतिबद्ध रहने पनि उल्लेख गर्नुभएको छ । बिद्यार्थीका अभिभावक यज्ञ खड्काले बिद्यार्थीको नतिजा राम्रो आउनुमा बिद्यालयको महत्वपुर्ण भुमिका हुने बताउदै घरमा पढ्ने बाताबरण बनाउनु अभिभावकको कर्तब्य हुने समेत बताउनुभएको छ । साथै उहाले बिद्यालय परिवारलाइ धन्यबाद समेत दिनुभएको छ ।

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू र अभिभवाकलाई विद्यालयले सम्मान समेत गरेको छ । यस उपलब्धिले विद्यालयको शैक्षिक स्तर थप उचाइमा पुगेको विश्वास गरिएको छ । स्थानीय शिक्षा क्षेत्रमा गोल्डेन फ्युचर एकेडेमीको यस सफलताले सकारात्मक सन्देश दिएको छ भने अन्य विद्यालयहरूलाई पनि प्रेरणा प्रदान गरेको छ ।














