आज भ्यालेन्टाइन डे: प्रेम र स्नेह साटासाट गरिँदै

आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस। नेपालसहित विश्वभर आज एकअर्काप्रति प्रेम र स्नेह साटासाट गरी यो दिवस मनाइँदै छ। हरेक वर्ष फेब्रुअरी १४ मा यो दिवस मनाउने गरिन्छ। पछिल्लो सयम नेपालमा पनि  ‘भ्यालेन्टाइन डे’ सामाजिक तथा सांस्कृतिक रूपमा स्थापित हुँदै गएको छ। 

आजको दिन प्रेमीप्रेमिकाले एकअर्कालाई फूल, कार्ड, चकलेटलगायत उपहार आदानप्रदान गर्दै आफ्ना भावना अभिव्यक्त गर्ने चलन बढ्दै छ। विशेषगरी आजको दिन पार्क, सिनेमा हलसहितका मनोरञ्जलस्थलहरुमा प्रेमिल जोडीहरुको भीडभाड लाग्ने गर्दछ।

‘भ्यालेन्टाइन डे’ मनाउने परम्परा तेस्रो शताब्दीका सन्त भ्यालेन्टाइनसँग जोडिएको विश्वास छ। रोमन शासक क्लोडियसले सैनिकलाई विवाह गर्न रोक लगाएपछि सन्त भ्यालेन्टाइनले त्यसको विरोध गर्दै गुप्त रूपमा विवाह गराइदिएका थिए। 

यही कारण उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो। उनको बलिदान र प्रेमप्रतिको समर्पणको सम्झनामा यो दिवस मनाउने परम्परा सुरु भएको विश्वास छ। भ्यालेन्टाइन डे अघि एक सातासम्म विभिन्न ‘डे’ हरू मनाउने चलन बढ्दै गएको छ। फेब्रुअरी ७ देखि सुरु हुने यस सप्ताहमा ‘रोज डे’, ‘प्रपोज डे’, ‘चकलेट डे’, ‘टेडी डे’, ‘प्रमिस डे’, ‘किस डे’ र हग डे हुँदै अन्ततः ‘भ्यालेन्टाइन डे’ मनाइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...