नेपाली कांग्रेसको आधिकारिक मान्यता गगन थापा पक्षलाई,

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता गगन थापालाई दिएको छ ।

आयोगले शुक्रबार राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो ।

आयोगको आज बसेको बैठकले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिता प्रदान गरेको छ । यस निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिक कांग्रेसको सभापति गगन बनेका छन् ।

कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० सम्म भएको थियो । सभापति चयन भएसँगै बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय लगत्तै थापा आयोग पुगेका थिए । आयोगले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै यसबाट चयन पदाधिकारीहरुको विवरण अद्यावधिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...