धर्ना जुलुस नगर्न सबै पक्षलाई गृह मन्त्रालयको अपिल,

काठमाडौं । सरकारले सबै पक्षलाई धर्ना जुलुस नगर्न आग्रह गरेको छ। गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै घुसपैठ भएर सुरक्षा र चुनाव बिथोलिने चिन्ता व्यक्त गर्दै धर्ना र जुलुस नगर्न अपिल गरेको हो।

जेनजी पुस्ताको अगुवाइमा भएको प्रदर्शनपश्चात् गठन भएको वर्तमान सरकार आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बनाउनेतर्फ क्रियाशील रहेको उल्लेख छ।

सबैको जायज माग, चासो एवम् सरोकारलाई सम्बोधन गर्न सरकार सदा तत्पर र गम्भीर रहेको हुँदा यस्ता धर्ना, जुलुस, प्रदर्शन, आन्दोलन लगायतका कार्यक्रमहरू नगरी वार्ता र संवादका माध्यमबाट कुनै पनि मागको विधिसम्मत समाधान खोज्न अनुरोध समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...