संविधान संशोधन आवश्यक परे संवैधानिक प्रक्रियाबाटै गरिने : प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले संविधान संशोधन आवश्यक परे संवैधानिक प्रक्रियाबाटै गरिने बताएकी छन् । उनले नेपालको शासकीय प्रणालीको परिवर्तन अहिलेको सरकारको कार्यक्षेत्र भित्र नभएको पनि बताइन ।  

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अहिले प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रणाली कायम गर्नुपर्ने कुरा जेन-जी आन्दोलनका क्रममा उठे पनि त्यस्तो गर्ने अवस्था अहिले नरहेको बताइन ।   उनले वर्तमान सरकारको मुख्य लक्ष्य नै निर्वाचन हुने र निर्वाचनलाई केन्द्रमा राखेर काम गर्ने बताइन ।

 ‘शासकीय प्रणालीको संशोधन विषय वर्ततमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर भएकाले ले संवैधानिक प्रक्रियाबाटै संविधान संशोधनको गर्न आह्वन गर्दछु’  उनले भनिन् । जेनजी युवाहरुले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नभए  अर्को आन्दोलन हुने चेतावनी दिँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...