पञ्चदेवल विनायकमा छाउगोठमा सुतेका २ जनाको मृत्यु,

सुर्खेत । अछामको पञ्चदेवल विनायक नगरपालिकामा त्रिपालले बनाएको छाउगोठमा सुतेको बेला भीरबाट खसेको ढुङ्गाले लागेर एकजना महिला र अर्की बालिकाको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका ८ की ३५ वर्षीया निम जैसी खनाल र मामाघर आएकी मङ्गलसेन नगरपालिका-६ की ८ वर्षीया कविता भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसार सँगै सुतेकी कविताकी आमा ४० वर्षीया रत्ना भण्डारी घाइते छन् । मङ्गलसेन नगरपालिका घर भएकी रत्ना माइत गएको बेला भाउजू निम जैसीसँगै छाउगोठमा सुतेकी थिइन् ।

आठ वर्षीया बालिका पनि आमा र माइजुसँगै छाउगोठमै सुतेकी थिइन् । घर नजिकै रहेको छाउगोठमा सुतेको बेला हिजोराती भीरबाट ढुङ्गा खसेर उनीहरुलाई लागेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...