१३ भदाै, सुर्खेत ।
नेपाल शिक्षक महासङ्घ स्थानीय समिति पञ्चपुरीले आज पञ्चपुरी नगरपालिकामा धर्ना कार्यक्रम गरेकाे छ ।
विद्यालय शिक्षा विधेयकमा आफूसँगका सहमति कार्यन्वयन नगरिएको भन्दै आन्दोलनरत नेपाल शिक्षक महासंघले आज भदाै १३ गते स्थानीय तहमा धर्ना दिने कार्यक्रम तय गरेकाे हाे ।

महासंघले पञ्चपुरीमा ध्यानाकर्षण पत्र बुझाइ २ घन्टा धर्नाको कार्यक्रम राखेको हो । महासंघले विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्नासँगै स्थानीय तहमा समेत आन्दोलन अगाडि बढाएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक, २०८० पारित गरेपछि त्यसमा रहेका प्रावधानमा असहमति जनाउदै महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।












