शंकर केसी

सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित चौकुने गाउँपालिका साविकका लगाम, बेतान, बिजौरा, गुट र घाटगाउँ गा.वि.स.हरु मिलेर बनेको हो । यसको क्षेत्रफल करिब ३८१.०३ वर्ग किलोमिटर रहेको छ। सुर्खेत जिल्ला भएर बग्ने भेरी नदी र कर्णाली नदीले लगाम जस्तो गरी यस गाउँपालिकालाई बेरेर बगाएका छन्। यस क्षेत्रमा पर्यटन, कृषि, पशुपालन, तथा अन्य व्यवसायहरुको उच्च सम्भावना रहेको छ। यस गाउँपालिकामा जातीय रुपमा विशेषगरी ब्राम्हण, क्षेत्री, मगर, दलित जातिहरुको बसोबास रहेको छ।
चौकुने गाउँपालिकाले आ.व. २०७५/०७६ (२०७५/१२/१०) मा सामुदायिक मानसिक स्वास्थ्य केन्द्र नेपाल (सी.एम.सी.-नेपाल) संग ५०/५० प्रतिशत लागत साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो। यस गाउँपालिकाले कार्यक्रम संयोजकको रुपमा मिति २०७५ असोज ५ गते मनोसामाजिक परामर्शकर्ता नियुक्ति गरेको थियो, त्यस लगत्तै गाउँपालिकाले मानसिक स्वास्थ्य तथा मनोसामाजिक नीति २०७६ पारित गरेको थियो जसले गर्दा मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन तथा बजेट व्यवस्थापन गर्न सहज भएको छ।
चौकुने गाउँपालिकासँग आ.व. ८०/८१ मा रु. ५,५०,०००/- (पाँच लाख पचास हजार रुपैयाँ) माग गरेको थियो जहाँ अन्य कार्यक्रमहरुसँगै बजेट घटाउन पर्ने परिस्थितिमा पनि मानसिक स्वास्थ्य कार्यक्रमका लागि रु. ५००,०००/- विनियोजन गरिएको थियो। जुन मानसिक स्वास्थ्य कार्यक्रमको लागि सकारात्मक पक्ष हो। आ.व. ८१/८२ मा मानसिक स्वास्थ्य कार्यक्रमको लागि भनेर मागको जत्तिकै सबै बजेट गाउँपालिकाले नीति तथा बजेट कार्यक्रममा राखेको छ। यो पनि सकारात्मक पक्ष नै हो।
चौकुने गाउँपालिकाले सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम अन्तर्गत विभिन्न शीर्षकहरूमा बजेट छुट्याई सकेको छ जस्तै वडास्तरीय मानसिक स्वास्थ्य कार्यक्रम, शिक्षकहरूको लागि विद्यार्थी मनोसामाजिक कार्यक्रम, औषधि खरिद, स्वावलम्बन समूहको लागि क्षमता विकास कार्यक्रम र मानसिक स्वास्थ्य शिविर कार्यक्रमको लागि बजेट विनियोजन तथा गाउँपालिकाका तीन वटा स्वास्थ्य चौकीहरु (गुट स्वास्थ्य चौकी, बेतान स्वास्थ्य चौकी, घाटगाउँ स्वास्थ्य चौकी) बाट मानसिक स्वास्थ्य सेवा लागू गरी बिरामी जाँच, परामर्श गर्नुका साथै निःशुल्क औषधि वितरण गरिरहेको छ ।
यस्ता कार्य क्रमहरूले गाउँपालिकाका मानसिक तथा मनोसामाजिक समस्या भएका विपन्न तथा पहुँच नपाएका व्यक्तिहरूलाई ठूलो राहत महसुस भएको छ । कडा खालका मानसिक तथा मनोसामाजिक समस्या भएका व्यक्तिहरूले गम्भीरताको आधारमा अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् जसले गर्दा आर्थिक सहायता संग संगै सेवाग्राहीहरूलाई पहिले कसैको हेर्नाहामा राख्नु पर्ने, लान्छना र विभेदहरू सुन्नु पर्ने अवस्था हुँदा अहिले त्यो फेरिएको छ, अब उहाँहरुलाई कसैको सहयोगको आवश्यकता परेको छैन, भन्न उहाँहरूले घरायसी कामहरूमा सघाउँदा परिवारमा कामको बोझ घटेको छ । अरु भनौ उहाँहरुको जीवन बदलिएको छ।
चौकुने गाउँपालिकामा मानसिक तथा मनोसामाजिक समस्या भएका सेवाग्राहीहरू अनुमानित ७०% प्रतिशत जित्त स्वास्थ्य सेवाको पहुँचमा छन्, बाँकी ३०% सेवाग्राहीहरू अझै पहुँच भन्दा टाढा छन्। जसको लागि गाउँपालिकाले आगामी बर्षहरूमा नीतिहरूमा सुधार तथा बजेटको अधिकतम सदुपयोग गरी मानसिक तथा मनोसामाजिक समस्या भएका गरिब विपन्न व्यक्तिहरूमा मानसिक स्वास्थ्य सेवा शत प्रतिशत पु¥याउने तयारी गरेको छ।












