तुर्माखाँद गाउँपालिका ६, रानीवनमा सार्वजनिक सुनुवाइ सम्पन्न


अछाम -जिल्लाकाे तुर्माखाँद गाउँपालिका वडा नम्बर ६ मा सार्वजनिक सुनुवाइ तथा याेजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ। ६ न. वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रम नागरिक सरोकार, सेवा प्रवाह र विकास निर्माण योजनाका विषयमा गहन छलफलसहित सफलतापूर्वक सम्पन्न भएको हो।
सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा सचिव पदम प्रसाद जैसीले आर्थिक वर्ष २०८१/८२ मा वडा कार्यालयले प्रवाह गरेका सेवा, योजना तथा बजेट कार्यान्वयनको प्रगतिबारे जानकारी गराएका थिए ।कार्यक्रममा वडामा सञ्चालित विकास योजना, सेवा प्रवाह, नागरिक सरोकार, बजेट वितरण, योजना छनोट र सार्वजनिक स्रोतको उपयोगमा पारदर्शिता सुनिश्चित गर्ने विषयमा गहन छलफल भएको थियो।
वडा अध्यक्ष टिकाराम जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य सुनिता शाही वडाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार, संघसंस्था प्रतिनिधि र स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको थियो।
सहभागीहरूले वडामा भएका विकास निर्माण कार्य, सेवा प्रवाह र सार्वजनिक स्रोतको उपयोगलाई सन्तोषजनक बताउँदै शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारलगायत क्षेत्रका कामहरू अझ प्रभावकारी बनाउन सुझाव राखेका थिए। ती सुझावलाई वडाको आगामी योजना तथा कार्यक्रममा प्राथमिकता दिने वडा अध्यक्ष जैसीले प्रतिबद्धता जनाए।स्थानीय बासिन्दाहरूको सक्रिय सहभागितामा आयोजित उक्त कार्यक्रममा आगामी आर्थिक वर्षका लागि आवश्यक पर्ने विकास योजना, बजेट तथा कार्यक्रमहरूका बारेमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा सहभागीहरूले आ-आफ्नो टोल तथा समुदायका आवश्यकता र प्राथमिकताका विषयमा सुझावहरू समेत राख्नु भएकाे थियाे
सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत जनताले आफ्नो आवाज, सरोकार र सुझाव राख्न पाउने अवसर पाउनुका साथै निकायलाई थप उत्तरदायी बनाउने अभ्यासको रूपमा कार्यक्रम सफल भएको वडा अध्यक्ष जैसीलेबताए।
कार्यक्रमको संञ्चालक ६ न. वडामा कार्यरत वडा सचिव पदम प्रसाद जैसीले गर्नु भएकाे थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...