मनाेपरामर्श सेवाले फेरिएको जीवन,

शंकर के सी, मनोपरामर्शकर्ता
चौकुने गा पा, सुर्खेत

चाैकुने ०६ गुटुकि निर्मला नेपाली अहिले २९ बर्षकि भइन । ४ जनाको परिवार दुई आमा छोरा,भदै र आफ्नो आमा संगै माईतिमै बस्छिन । श्रीमानले अर्को बिहे गर्नुभयो । दाई भाउजु भारतमै मजदुरि गरेर बस्नुहुन्छ र घरको खेतिपातिले बर्ष भरि खान नपुग्ने बताउछिन । कक्षा तिन सम्म पढेर पढाई बिचमै छोडेको बताउछिन ।

उहाँको आमाले भने अनुसार जब उनि २ बर्षकि थिईन त्यो उमेरमा बेहोस हुने, मुखबाट फिज आउने, हात खुट्टा काँप्ने जस्ता लक्षण हुने गर्दथ्यो, किन यस्तो भयो भनेर धामि झाक्रि, झार फुक र हेराउने ठाउ लग्यौ , बनका झारपात आयुर्वेदिक दवाई केहि बाकि राखेनौ, केहि समय सन्चो भए जस्तो हुने पछि उस्तै हुने गर्दथ्यो । निर्मला ठूलि हुदै गईन, घरका साना कामहरुमा सघाउने, खाना बनाउने, घास दाउरा जस्ता कामहरुमा सघाउदथिन । मिति २०६४ साल तिर बार बर्सको सानै उमेरमा उनको बिहे भयो । बिहे हुदा पनि उक्त समस्या झनझन बल्झिदै जादा श्रीमानले उनलाई डिभोर्स दिनुभयो पछि माईति मै बसिन । माईतिमै हुदा घरको काममा सघाउने गर्थिन, एक दिन एक जना पुरुष उहालाइ माग्न आउनु भयो, निर्मला सँग बिहे गर्छु मेरा कोहि आमा बुबा छैनन मलाई हजुरको छोरी दिनुहोस भनेर रुन लाग्नु भयो, मेरो छोरि बिचमै छोड्न पाईदैन भनेर आमा बुबाले भन्नु भयो र उनि पनि आमा बुबा सँग सहमत भईन र अन्तिममा उनको दोस्रो बिहे भयो । बिहे भएको डेढ बर्ष पछि उनको छोराको जन्म भयो । बिहे भैसके पछि पनि उत्त समस्या झनझन दिनप्रतिदिन बढ्दै गयो । उनको दोस्रो श्रीमानले पनि छोड्नु भयो अनि उनि फेरि छोरो ल्याएर माईतिमै आईन । माईतिमा उनको उपचारको लागि धामि झाक्रि, झारफुक, बोका, भालेको लागि फरक फरक समयमा लगभग रु ३०००००। तिन लाख जति खर्च भएको बताउछिन । ,मनमा धेरै तनाब हुदा प्रत्येक दिन जे नसा पायो त्यहि प्रयोग गर्ने कहिले घर नआएर जँगलमै सुत्ने र कति खोला भिरमा जँगलमा बेहोस हुने, कहिले आमा आफै उठाउन जानुहुन्थ्यो भने कहिले अरुले बोकेर घर सम्म ल्याईदिन्थे कहिले त कोहि नजिक जान्थेनन् वरिपरिकाले र पालिकामा जादा पनि उनलाई हेपेर कुरा गर्ने र पागल भन्ने गर्थे यस्तै दिन बित्दै जादा डोरि लगेर मर्न मन लाग्थ्यो तर आमाले मलाई रोक्नु हुन्थ्यो ।

पोहोर मँसिरको कुरा हो उनि गुटु स्वास्थ्य चौकिको बाटो हुदै जादै थिईन गुटु स्वास्थ्य चौकि प्रमुख गगन सिँह पाण्डेय सरले उनलाई बोलाएर भन्नु भयो कि भोलि सि एम सि नेपालबाट मानसिक रोग बिशेषज्ञ डाक्टर आउनुहुन्छ, डाक्टर र मनोसामाजिक परामर्श कर्ता सँग भेटन तिमि पनि आउनु  भन्नुभयो । म पनि सोहि अनुसार आए । पहिले डाक्टर सँग भेट भयो र ‌दबाई लेखिदिनु भयो मनोसामाजिक कार्यकर्ताले भने भोलि भेट्न भन्नु भयो, घर देखि नजिक भएकोले पनि म भोलिलाई भनेर भेट्न गए मनोपरामर्शकर्ता सर सँग मनको कुरा खुलेर कुराकानि गर्न पाए । ‌दवाईको सहि प्रयोग र नियमित प्रयोगको फाईदा बारे बुझने मौका पाए र यस्तो समस्या भएको बेला के गर्ने के नगर्ने भन्ने पनि बुझे , यस्तै गर्दै मैले १५।१५ दिनको फरकमा मनोसामाजिक कार्यकर्ता सँग भेटने र मनको कुरा गर्थै जसले गर्दा मन हलुका हुन्थ्यो ।

आजका दिनमा मलाई कुनै समस्या भएको छैन मैले नियमित ‌ओषधि प्रयोग गर्दछु । म मानसिक स्वास्थ्य स्वाबलम्बन समुहको सकृय सदस्य पनि छु । मन हलुका भएको महसुस गर्छु , बेहोस पनि भएको छैन, मैले सबै कुलत छोडिसके , छोरालाई समयमै खाना खुवाएर स्कुल पठाउछु, हिउद र बर्खाको लागि भनेर धेरै दाउरा जम्मा गरेको छु नाकमा सुनको टुकि बनाएको छु २३ वटा कुखुरा पालेको छु एउटा बाख्रा छ र मजदुरि गरेर दिनको रु ७०० कमाउछु । चौकुने गाउँपालिका, सि एम सि नेपाल र मनोपरामर्शकर्तालाई धन्यवाद हामि जस्ता बिपन्न नागरिकहरुलाई औषधि उपलब्ध गराएकोमा र मनको कुरा सुनिदिनुभएकोमा र नयाँ जिबन दिनु भएकोमा । मलाई आजकाल सन्चोभएको मा सबै दंग छन, त्यसैले म आज सबैले देख्ने गरि बदलिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...