७३ जिल्लाका १८ सय बढीमा डेंगु सङ्क्रमण पुष्टि

असार २५ काठमाडौँ,

पुस यता एक हजार आठ सय भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा अनुसार पुस यता ७३ जिल्लाबाट एक हजार ८६९ जनामा डेंगु पुष्टि भएको छ । 

मनाङ, रसुवा, हुम्ला र डोल्पामा  डेंगु सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको छैन । डेंगु सङ्क्रमण सबै भन्दा बढी गण्डकी प्रदेशमा ४५१ जनामा पुष्टि भएको छ । त्यसैगरी, बागमतीमा ४३४, कोशीमा ३५०, लुम्बिनीमा तीन सय, सुदूरपश्चिममा २६४, कर्णालीमा ३६ र मधेशमा ३४ जनामा डेंगु पुष्टि भएको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले जानकारी दिनुभयो ।   

चिकित्सकका अनुसार डेंगु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ। एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्दछ । सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार असाध्यै शरीर दुख्ने, खाना मन नलाग्ने, पखाला लाग्ने डेंगुका प्रमुख लक्षण हुन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...