६३ वर्षपछि जनता मावि विद्यापुरको अध्यक्षमा महिला नेतृत्व,

157 पटक हेरिएको

१० असार, सुर्खेत ।
जनता माध्यमिक विद्यालय पञ्चपुरी ९ विद्यापुर सुर्खेतको नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। स्थापनाको ६३ वर्षको अवधिमा विद्यालयले अध्यक्षमा महिलालाई नेतृत्वलाइ सुम्पेको छ । असार ९ गते भएको भेलाले विद्यालयको अध्यक्षमा ज्ञानु कुमारी कँडेल सापकोटालाई सर्वसम्मत चयन गरेको छ ।
त्यसैगरी समितिको सदस्यहरूमा ममता थापा, टिकाराम भण्डारी, शिवराज जैशी, डिलाकुमारी कडेल घिमिरे,पुर्णप्रसाद खराल, सदस्य सचिबमा गणेश प्रसाद शर्मा रहनुभएकाे छ । बाँकि २ जना सदस्य मनाेनित हुन बाँकि रहेकाे बिद्यालयका प्रधानाध्यापक शर्माले जानकारी दिनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष सापकोटाले विद्यालय शिक्षक विद्यार्थी अभिभावक सबैको सहकार्यमा विद्यालय राम्रो बनाउन निरन्तर लागिरहने बताउनुभएको छ। साथै उहाँले विद्यालयलाई राम्रो बनाउनको लागि सबैको साथ अपरिहार्य रहेको हुँदा सबैलाई सहयोग गर्न आग्रह समेत गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...