महिला जनप्रतिनिधि र कर्मचारीलाई नेतृत्व विकास तालिम प्रदान

रमिता बिक, अछाम

महिला सञ्जालका पदाधिकारी महिला जनप्रतिनिधि र महिला कर्मचारीलाई दुई दिने नेतृत्व विकास सम्बन्धी प्रशिक्षण तालिम कमलबजार नगरपालिकामा सम्पन्न भएको छ। कमलबजार नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा असार २ र ३ गते महिला सञ्जालका पदाधिकारी महिला जनप्रतिनिधि र महिला कर्मचारीलाई दुई दिने नेतृत्व विकास सम्बन्धी प्रशिक्षण तालिम कमलबजारमा समापन भएको हो ।

कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालको अध्यक्षतामा भएको दुई दिने नेतृत्व विकास सम्बन्धी प्रशिक्षण तालिमका विशिष्ट अतिथि उपप्रमुख शारदा कुमारी बिष्ट रहनुभएको थियो। सोही प्रशिक्षण तालिममा पालिका स्तरीय महिला सञ्जालका पदाधिकारी महिला जनप्रतिनिधि महिला कर्मचारी र महिला सञ्चारकर्मीको सहभागिता रहेको थियो। पत्रकार मेनुका ढुङ्गाना र कानुनविद तेजप्रसाद उपाध्यायले प्रशिक्षण दिनुभएको कार्यक्रमको सञ्चालन मनोसामाजिक परामर्शकर्ता कल्पना ढुङ्गानाले गर्नुभएको थियो।

दुई दिने प्रशिक्षण तालिमले महिलाहरूमा नेतृत्व विकास आत्मविश्वास विश्लेषणात्मक क्षमता सकारात्मक सोच पुर्‍याउने उद्देश्य रहेको छ। तालीमा सहभागी महिलाहरूले आफूमा केही सकारात्मक सोच आफूमा परिवर्तन र आफ्नो नेतृत्वको विकास भएको प्रतिक्रिया दिएका थिए। तालिमले स्थानीय महिलाहरूमा आत्मविश्वास क्षमता र नेतृत्व चेतना अभिवृद्धि गर्दै सामाजिक रूपान्तरणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...